
पुस २० दाङको तुलसीपुरमा लागुऔसध ब्राउनसुगरसहित ३ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर ९ बेलुवाका २१ वर्षिय प्रदीप बुढाथोकी, सोही ठाउँका २१ बर्षकै सन्जिब कठायत र २१ बर्षकै चन्द्रप्रकाश केसि रहेको इलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुर ५ स्थित पार्टी फ्लो रेस्टुरेन्टमा लागुऔसधको कारोबार भैरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसिको कमान्डम खटिएको प्रहरी टोलिले उनिहरुलाइ ३ ग्राम ५२० मिलिग्राम ब्राउनसुगरसहित आज बेलुका ६ बजेको समयमा प्रकाउ गरेको हो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाकारि दियको छ ।
प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार