२०८१ पुष २८ गते सोमवार

बरहथवामा प्रदर्शनको क्रममा एकजना प्रदर्शनकारीको मृत्यु



पुस १९ । सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली काँग्रेससहितका दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा स्थानीय ३० वर्षका जयशंकर साहको मृत्यु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी धमलाले जानकारी दिनुभयको छ।

प्रदर्शनकारीले प्रहरीले चलाएको गोली लागि साहको मृत्यु भएको दाबी गरे पनि त्यो पुष्टि भइनसकेको उहाँले जानकारि दिनुभयो । झडपमा ६ जना प्रहरी घाइते भएको पनि बताउनुभयो । धमलाका अनुसार प्रदर्शनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा गरी सवारीसाधनमा आगजनी गरेकाले प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास हान्नुका साथै हवाई फायर गरेका थिय । यसअघि विवाद समाधानका लागि डाकिएको सर्वदलीय बैठक समस्याको निकास निकाल्न नसक्दा स्थगित भएको थियो ।

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार