दाङको तुलसीपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि तनावग्रस्त बनेको घोराही–तुलसीपुर सडकखण्ड खुलेको छ । तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको भे १ ख ३६९७ नम्बरको यात्रु बहाक बसले हिजो सोमबार दिउँसो ४ बजेको समयामा ठक्कर दिदा तुलसीपुर १७ का अन्दाजी ५/७ वर्षीय सागर चौधरीको घटना स्थलमै मृत्यु भएको थियो । घटनापछी मृतकका आफन्तले सडक चक्काजाम गर्नुका साथै ठक्कर दिने बस र प्रहरीको गाडी समेत तोडफोड गरेका थिए ।
विद्यार्थीका अभिभावकहरु नाराबाजीसहित विरोध गरेका थिए । मृतक परिवारलाई नियमानुसार क्षेतीपुर्ती दिने सहमतीमा गयराती १२ बजेदेखी सडक खुलाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षेक मल्लले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार