
विनोद मण्डल, पुस १३ । सिरहाको धनगढीमाई नगरपालिकाको वाडा नम्बर ६ को स्थानिय कट्टी चौरीमा एक पुरुषको शव जलेको अवस्थामा फेला परेको छ ।
पूर्व पश्चिम राजमार्ग स्थित कसहा चौकदेखि करिब ५/६ किलोमिटर दक्षिणमा रहेको फुलकाहा गाउँदेखि दक्षिणमा रहेको कृषि सडकको केही दक्षिण पछिम गागण खोलाको पूर्वी किनारमा रहेको सुक्नै लागेको अवस्थाको बासको झ्याङको लगतै पछिममा एक पुरुषको शव जलाएको अवस्थामा फेला परेको छ ।
स्थानिय गाउँघरका केटाकेटीहरु बाख्रा चराउन गएका अवस्थामा शव देखेपछि आ आफ्ना गाउँलेलाई जानकारी गराएका थिए ।
घटनाको बारेमा स्थानिय जनप्रतिनिधि मार्फत प्रहरीमा खवर गरिएको थियो ।
घटना स्थलमा पुगेर प्रहरीले वस्तु स्थितिको मुचुल्का उठाई पोस्ट मार्डमका लागि शव लगिएको स्थानियले बताएका छन ।
धनगढीमाई नगरपालिका ६ गागनखोला किनारमा परालले पोलेको अवस्थामा परिचय नखुलेको पुरुषको शव फेला परेको थियो ।
घटनाको बारेमा थप अनुसन्धान जारी रहेको बुझिएको छ ।