२०८२ बैशाख ५ गते शनिवार

तुल्सिपुर ७ मा रहेको मस्ट बहा संरक्षण क्षेत्रलाई स्थानीयद्वारा सहयोग



, पुस १२ । तुल्सिपुर उपमहानगरपालिका वडा नं ७ तमाखेमा रहेको कौडिण्य पराजुली मष्ट बहा संरक्षण क्षेत्रलाई नगद तथा जिन्सी सहयोग प्राप्त भएको छ ।

एक औपचारिक कार्यक्रमको आयोजन गर्दै , सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको छ ।

तमाखेका भक्तिराम पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा
प्रमुख अथिति तुल्सिपुर उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष राम बहादुर जि,सि बिशिस्ट अतिथि डिल्लीराम भणडारी अथितीहरू
कोषाध्यक्ष हिमाल पराजुली, सचिव ईशरी पराजुली , रोमहर्स पराजुली , ओम प्रकाश पराजुली र कृष्ण पराजुली लगायतको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागी सबैलाई होम राज पराजुलीले स्वागत भाषण मार्फत धन्यबाद ज्ञापन गर्नु भएको थियो भने संस्थाका तर्फबाट नरेन्द्र पराजुलीले आफ्ना भनाई राख्नु भएको थियो ।

मस्टलाई नगद र जिन्सी सहयोग प्राप्त भएको हो आयोजित कार्यक्रममा सबैलाई सम्मान गरिएको छ ।
मस्टलाई १८ जनाले नगद सहयोग गर्नुभएको छ भने त्यसैगरी ६ जनाले अन्य सहयोग गरेका हुन

नगद तर्फ रकम सहयोग गर्ने व्यक्तित्वहरू ।

1) दिपक पराजुली १००५०५ गणेशपुर
2) भुवन पराजुली १५०५५ पातेटाकुरा
3) माधव अधिकारी १००५५ मानपुर
4) अमराज पराजुली १६०५५ गणेशपुर
5) सीता खनाल (पराजुली ) १०००५ गणेशपुर
6) डन्डी राज पराजुली १६१५५ गणेशपुर
7) बसन्त पराजुली १०००५ पाटेटाकुरा
8) बिष्णु प्रसाद पोख्रेल १७५०० गणेशपुर
9) डिल्ली राज पराजुली ५००५ पिउठान
10) डिल्ली राज भण्डारी १०१०० गणेशपुर
11) कमला पराजुली (भण्डारी ) १११११ राजापुर
12) खिमा भण्डारी ११९९९ राजापुर
13) आरुसी अधिकारी ५००५ मानपुर
14) शेषराम भण्डारी ३००५ तवारु

अन्य सहयोग गर्ने व्यक्तित्वहरू
1) भोला पराजुली – ठुलो घन्ट (१६०००|-)
2) ईश्वरी पराजुली – गजुर +त्रिशुल
3) खगेश्वरी पराजुली – जग्गादाता
4) रिना भण्डारी – ठुलो घन्ट
5) बसन्त पराजुली – गजुर
6) पुरन कौशल –

आयोजित मस्ट पूजामा २ दिनको लागि टेण्ट सहयोग राम बहादुर जि, सिबाट प्राप्त भएको छ ।

प्रकाशित मिति : २०८० पुष १२ गते बिहिवार