२०८१ बैशाख ९ गते आइतवार

मुगुमा एकै परिवारको ४ जनाको शव फेला



१० कातिक । मुगुको छाँयानाथरारा नगरपालिका वडा नम्बर ६ मन्दमा एकै परिवारको ४जनाको शव फेला परेको छ । श्रीदेवी बोहरा र उहाँका तीन जना छोराछोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
घटनास्थलमा पुगेर अनुसन्धान शुरु भएको बताउनुभयो । ज्यान गुमाउनेहरुमा २८ वर्षकी श्रीदेवी उहाँका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहरको शव फेला परेको हो ।
श्री देवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहनुभएको छ । डिएसपी थापाले हत्याको आशंका रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार