२०८२ बैशाख ५ गते शनिवार

घाँटीमा मासु अड्किएर दैलेखमा एक जनाकाे ज्यान



दैलेख,५ कात्तिक । घाँटीमा मासु अड्किएर दैलेखमा आज आइतवार एक जनाकाे ज्यान गएकाे छ ।

घरमै मासु खाँदै गर्दा घाँटीमा अड्किएर नौमूले गाउँपालिका–६ माथिल्लो नाउलीका मस्टो देउताका धामी भनेर चिनिने ३९ वर्षीय दलबहादुर विकको ज्यान गएकाे वडा सदस्य खगिसरा विकले जानकारी दिनुभयो । मृतक विकका तीन छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार