२०८० फाल्गुन ९ गते बुधवार

दाङको देउखुरीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु



कात्तिक ०३

गते दाङको देउखुरीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी अन्दाजी २८/३० वर्षीय सन्तराम चौधरी रहेको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।
भालुवाङ– लमही सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका–५ लठ्ठहवा सिङ्गेखोला पुल नजिकै काठमाण्डौं देखि सुर्खेत जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कारपियोले लमही देखि लठ्ठहवा घर तर्फ आउँदै गरेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा चौधरी गम्भीर घाइते भएका थिए ।घाइते चौधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने स्कारपियो र चालकलाई इलाका प्रहरी कार्यालय सिसहनियाँले आफ्नो नियन्त्रणमा लिएर भालुवाङ पठाएको बताएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार