२०८२ बैशाख ५ गते शनिवार

घरायसी विवादका कारण श्रीमतीको कुकर प्रहार गरि हत्या



कात्तिक ०१ घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई प्रहरीले पक्राउ गरेकाे छ 

पिटरले विवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । यसबारे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैईरहेकाे बताएको छ । 

प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार