
२९ मंसिर २०८०
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा प्रहरीले बाल विवाह रोकेको छ । त्रिवेणी गाउँपालिका–४,५ र ६ मा हुन लागेको बालविवाह जुगार प्रहरी चौकीका इञ्चार्ज कमल थापाको नेतृत्वको प्रहरी टोलीले रोकेको हो । केटा र केटी दुवैको उमेर नपुगी बिहेका लागि भन्दै भागेका उनीहरूको विवाह प्रहरीले रोकेको प्रहरी चौकी जुगार रोल्पाका प्रहरी नायब निरीक्षक कमल थापाले जानकारी दिनुभयो ।
असोज २९ गते सोमबारका दिन गाउँपालिकाको पुनगाउ, दहखोला, मजुवास्थित केटा पक्षको घरमा मण्डवमा बसेका उनीहरुको विवाह प्रहरीले मण्डपबाटै रोकेको प्रहरी नायब निरीक्षक कमल थापाले बताउनुभयो । उहाका अनुसार बालविवाह हुन लागेको भन्ने गोप्य सूचना प्रहरीमा चौकी कहाँ पुगेपछि थापा नेतृत्वको प्रहरी टोली गएर विवाह रोकेको हो । पुनगाउमा केटाको उमेर १७ वर्ष र केटीको उमेर १७ वर्ष , मजुवामा केटाको उमेर १८ वर्ष र केटीको उमेर १७ वर्ष त्यस्तै दहखोलामा केटाको उमेर १९ वर्ष र केटीको उमेर पनि १९ बर्ष रहेको निरीक्षक थापाले बताउनुभयो ।
गाउँपालिकाले बालविवाह रोकथामका लागि थुप्रै कार्यक्रम तथा सचेतता फैलाउदा पनि बालविवाह न्युनिकरण हुनुको साटो पालिकाले गरेका अभ्यास तथा कार्यक्रमको बेवास्ता गरि बालविवाह बढिरहेको त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले बताउनुभयो । प्रहरीले बालविवाह रोकेर केटा र केटी दुवैलाई अभिभावकको जिम्मा लगाएको निरीक्षक थापाले बताउनुभयो। केटाकेटी अभिभावकको संरक्षणमा रहेको बताउँदै प्रहरीले उनीहरूको परिवारलाई बालविवाह नगराउन चेतावनीसमेत दिएको छ ।
परिवारले पनि कानूनी कुरा थाहा नपाएर एकअर्काको मञ्जुरीले भागेका केटाकेटीको बिहे गराउन लागेको बताएको थियो । आगामी दिनमा यस्तो कार्य नगर्नेसमेत दुवै पक्षका परिवारले बताएका छन् । परिवारका अनुसार ती केटाकेटी केही दिन अघि नै बिहे गर्ने भन्दै घरबाट भागेका थिए ।