२०८० फाल्गुन ९ गते बुधवार

राजस्व अनुसन्धानको टोली आउने त्रासले दिउँसै ठप्प धनगढी बजार



विनोद मण्डल,असाेज २६ । सिरहाको धनगढीमाई १० स्थित पूर्व पश्चिम राजमार्गको समीप रहेको धनगढी बजार दिउसो ठप्प भएको हो ।

चाडपर्वको समयमा कालोबजारी नियन्त्रणको लागि राजस्व अनुसन्धानको टोलीले सिरहाको व्यापार केन्द्रित अनुगमन गर्दै आएको अवस्थामा स्थानिय व्यापारी त्रसित भइरहेको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले हिन्दूहरूको महान चाड लक्षित सुरुक्षा योजनालाई अगाडि बढाए पछि खुद्रा व्यापारीहरु बढी त्रसित बनेका छन् ।

आज दिउसो स्थानिय धनगढी बजारमा अनुगमनका लागि राजस्व अनुसन्धानको टोली आउने सुइँको पाए लगतै व्यापारी र पसलेहरु धमाधम सटर बन्द गरेर पसल बाहिर बसेको अवस्थाको सिर्जना एकातिर भएको थियो भने अर्कोतिर व्यापारीहरु ढोका लगाएर घर भित्र लुकेको वस्तुस्थिति समेत देखियो ।

व्यापारीहरु यति त्रसित हुनु पर्ने खास कारण के हो भन्ने प्रश्न स्थानिय व्यापारीलाई गर्दा उत्तर दिन नमानेका व्यापारीहरूले आफूहरु दुई दिनदेखि राम्ररी व्यापार गर्न नपाएको गुनासो गरेका छन् ।

चाडपर्व लक्षित राजस्व अनुसन्धानले अनुगमनको कार्य गर्नु स्थानिय व्यापारी र गरिब ग्राहकलाई सास्तीको सिर्जना गर्नु आम बुझाई रहेको पाईन्छ ।

समयमा अनुगमन गर्न नजानेका प्रशासनिक निकायको अदुरदर्शिताका कारण सिरहाको मिर्चैया स्थित स्थानिय व्यापारीहरु द्वारा अनुगमन टोली लखेटीनु एउटा ठूलै चुनौती भएको मान्न सकिन्छ ।

आज दिउसो धनगढीमा सिर्जित वातावरणले बजारमा तनावको सिर्जना उत्पन्न हुन सक्ने सम्भावना रहेको हुँदा समयमा प्रशासनिक निकायको ध्यानाकर्षण हुन जरुरी रहेको देखिन्छ ।

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार