२०८१ बैशाख ९ गते आइतवार

तुलसीपुर ९ बेलुवामा दुई जना मृत अवस्थामा फेला



तुलसीपुर, २०
असोज तुल्सिपुर दुई जना मृत अवस्थामा फेला परेका छन् तुलसीपुर- ९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका दुई जना युवा-युवती मृत अवस्थामा भेटिएका बताएको छ
त्रिवेणी गाउँपालिका वडा नम्बर ४ फलावाङका अन्दाजी २६ वर्षिय सुशील भण्डारी र शारदा नगरपालिका वडा नम्बर १२ अम्रै टाकुराका अन्दाजी २१ वर्षिय पबित्रा डाँगी एउटै कोठामा मृत अवस्थामा फेला ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरलेले जानकारी दिनुभयो ।उहाँका अनुसार युवक झुण्डीएको अवस्थामा फेला परेका छन् भने युवतीको खाटमा फेला परेकी बताएको छ । घटनाको हेदा आत्महत्या गरेको हुन सक्ने बताउनुभयो । भित्रबाट चुकुल लगाएको अवस्थामा फेला परेको हुँदा पनि आत्महत्या भएको हुन सक्ने अनुमान गरिएको छ

आज बिहान नउठेपछि घर धनि प्रहरीलाई खबर गर्नुभएको थियो । दुवै जनाले तुलसीपुरमा कोठा भाडामा बस्ती आएका दिए मृतकको शव पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार