२०८१ असार ३ गते आइतवार

नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा सल्यानका गुलावजंग शाह बिजयी



नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलावजंग शाह बिजयी हुनुभएको छ । ५ सय मत गणना गर्दा शाहले ३ सय १० मत प्राप्त गरी शाह अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

कर्णाली प्रदेशमा भएको निर्वाचनमा कुल ६ सय ९ मत खसेको थियो । शाहले ५ सय मत गणाना हुँदा नै ५० प्रतिशत भन्दा बढी मत प्राप्त गरी बिजयी हुनुभएको हो ।

५ सय मत गणना गर्दा शाहका प्रतिस्पर्धी मीनबहादुर शाहीले १ सय ६४ मत पाउनु भएको छ भने अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत पाउनु भएको छ । यस्तै उपाध्यक्षमा शाह प्यानलकै टेकराज पर्छाईले २ सय ८५ मतका साथ अग्रता लिनुभएको छ भने प्रतिस्पर्धी लालबहादुर महताराले १ सय ४३ र दानसिंह शाहीले ४९ मत पाउनु भएको छ ।

सचिवमा ध्रुवकुमार शाहीले ३ सय ९९ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी रुद्रबहादुर शाहीले १३३ मत पाउनु भएको छ । यस्तै उपसचिवमा रबिन्द्रराज शर्माले २४६ मतसहित अग्रता लिनुभएको छ । प्रतिस्पर्धी रेशमबहादुर शाही २१९, पदमा खडका ११९ र मेनका पछाईले ८६ मत पाउनु भएको छ ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार