२०८१ चैत्र १ गते आइतवार

सहयोगको आचना गर्दा गर्दै थम्मन गुरुङको निधन



असाेज १२

लुम्बिनी प्रदेशको दाङ जिल्लाको तुलसीपुर ४ एक्लेसाल बस्ने लाल बहादुर गुरुङ र मायादेवी गुरुङका ३५ वर्षीय छोरा थम्मन गुरुङको निधन भएको छ ।

लिभर सिरोसिस रोगका कारण विगत लामो समयदेखि थला परेका उनको कलेजो प्रत्यारोपण गर्नुपर्ने जटिल समस्या देखा परेको अवस्थामा सहयोगी हातहरुलाई सहयोगको आचाना गरिए लगत्तै उनको निधन भएको हो ।

दयनिय आर्थिक अवस्थाका गुरुङ्ग परिवारले छोराको उपचारमा सहयोगका लागि हात फैलाए पनि उक्त सहयोग रकम प्राप्त नहुँदै उनको निधनले परिवारमा बज्रपात परेको छ ।

दयनिय आर्थिक अवस्थाका गुरुङ्ग परिवारले भएको पैशा उपचारमा सकिएपछि थला परेका छोरालाई घरमै राखेर औषधि उपचार गरिरहेका थिए । तर जटिल रोगले पीडित छोराको निधनले यतिबेला शोकमा डुबेका छन् गुरुङ्ग परिवार ।

परेपछि घरमै बसेर अस्पतालमै राखेर उपचार गराउनुपर्छ प्रकृतिका बिरामीलाई आर्थिक अभावका कारण घरमा राखेर औषधि उपचार उपचार गर्नु पर्ने बाध्यतामा स्थितिका कारण छोरालाई जोगाउन नसकिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार