
सल्यान, ९ असोज
सल्यानमा घाँस काट्ने क्रममा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ बालुवासंग्रही नजिकै अम्राका अन्दाजी ४५ वर्षीय दिपक कामीको मंगलबार बिहान घाँस काट्ने क्रममा भीरबाट खसेर मृत्युु भएको हो । बिहान साढे ६ बजे घरदेखि केही भाग तल घाँस काट्न गएका कामीको भिरबाट चिप्लिएर भेरी करिडोर सडकमा खसी घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी टोली पुगेको छ ।
प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार