
असाेज ०३
पूर्वी नवलपरासीको गैँडाकोटस्थित नारायणी नदीमा डुबेर एकै परिवारका दुई बालकको निधन भएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार दिउँसो नवलपुरको गैँडाकोट नगरपालिका वडा नं–७ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन भएको हो ।मृत्यु हुनेमा गैँडाकोट–७, गैरी बस्ने सुमन कुमालका छोराहरु १४ वर्षीय सविन कुमाल र ९ वर्षीय संगम कुमाल रहेका छन् ।पानीमा डुबी बेपत्ता भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट गएको प्रहरी र स्थानीयले खोजी गर्दा दुवै जनालाई उद्धार गरी तत्काल उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएकोमा दिउँसो ४ बजेतिर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।यस बिषयमा अनुसन्धन भैईरहेकाे प्रहरीले बताएको
प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार