
विनोद मण्डल, असोज १
सिरहाको धनगढीमाई १२ मा रहेको एक घरबाट गए राति चोरी भएको छ ।
स्थानिय बिशनपुर स्थित दिनेश यादवको घरमा राति चोरी भएको हो ।
बाटो छेउमा रहेको घरमा ताल्चा फुटाएर ढोका अगाडि पर्दा राखेर चोरी गरिएको छ ।
घरमा सासु आमा बिरामी परेको कारणले घरमा ताल्चा लगाएर आफ्नो छेउको घरमा बच्चाहरु लिएर सुतिरहेको बेलामा चोरी भएको पारिवारिक स्रोतले बताएको छ ।
बाख्रालाई बिहानी पख हेरचाहको लागि उठेर हेर्दा ढोका उघारिएको देखेपछि घरबाट चोरी भएको थाहा पाएको पारिवारिक स्रोतले बताएको छ ।
स्थानियको सहयोगमा घर बारीमा यत्रतत्र फालिएको अवस्थामा सर सामान भेटिएको थियो ।
घरबाट L C D , गरगहना , नगद लगाएत चोरी भएको बुझिएको छ ।
प्रकाशित मिति : २०८० असोज १ गते सोमवार