२०८१ असार ३० गते आइतवार

महेन्द्रनगर कञ्चनपुरमा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ



भदौ २२

महेन्द्रनगर । कञ्चनपुरमा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन् जिल्लाको बेलौरी नगरपालिका–२ का २५ वर्षीय कञ्चन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।चौधरीलाई ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।चौधरीले भदौ २० गते राती ति महिलाको घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीको प्रहरीले उनलाई पक्राउ गरेको हो।घटनाबारे प्रहरीले थप अनुसन्धान भैईरहेकाे बताउनु भएको छ

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार