२०८१ बैशाख १ गते शनिवार

सल्यानकाे बागचाैर नगरपालिका १२ बाफुखाेलाबाट दाङ तुलसीपुर जाँदै गरेकाे यात्रु भाेकेकाे बस दुर्घटना



भदौ १७

सल्यानकाे बागचाैर नगरपालिका १२ बाफुखाेलाबाट दाङ तुलसीपुर जाँदै गरेकाे यात्रुबहाक बस दुर्घटना भएकाे छ ।

बाफुखाेलाबाट तुलसीपुरका लागि छुटेकाे रा १ ख २५४१ नम्बरकाे बस आइतबार बिहान बागचाैर नगरपालिका ७ कोटबारा चौफारी नजिकै दुर्घटनामा परेकाे हाे ।दुर्घटनामा परि ९ जना घाइते भएका छन् । उनिहरुलाइ उपचारका लागि बागचाैर तर्फ पठाइएकाे छ । गाडी सडकमै पल्टिएकाेले ठुलाे दुर्घटना हुनबाट जाेगिएकाे बागचाैर ७ का वडा अध्यक्ष प्रेम डाँगीले बताएका छन् ।थप बिवरण आउन बाकि

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार