
बझाङ – विषालु च्याउ खाँदा बझाङमा दुई जना बालबालिकाको ज्यान गएको छ । विषालु च्याउ खाँदी उनीहरूकी आमा बिरामी पर्नुभएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएकाे छ
जङ्गली विषालु च्याउ खाएर बिरामी परेका जयपृथ्वी नगरपालिका–६ नौराका १२ वर्षका सुदीप कठायत र उनकी सात वर्षकी बहिनी एञ्जिलाको ज्यान गएको हो । आमा पुनीको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा निधन भएको नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले हामीलाई दिनु भएको छ भएकाे छ ।
प्रकाशित मिति : २०८० भाद्र १५ गते शुक्रवार