
भदौ १०
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने सल्यानका एक जना पक्राउ परेका छन् । प्रहरीले कपुरकोट गाउँपालिका वडा नम्बर ५ घर भई भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नम्बर १ बस्ने जगत बहादुर खड्कालाई पक्राउ गरेको हो ।
खड्काले पिडित दिलिप बिष्टलाई कुवेतमा बाईट राइडरको काममा पठाउने भन्दै पटकपटक गरी १ लाख ९४ हजार लिएर ठगी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका खड्कालाई थप अनुसन्धान र कार्वाहीका लागि वैदेशिक रोजगार विभागको ताहाचल काठ्माण्डौमा पठाईएको काठ्माण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सुचना अधिकारी मिलन केसीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार