२०८२ बैशाख ५ गते शनिवार

धादिङको हुग्दी खोलामा बस दुर्घटना: २६ जना घाइते, तीनको अवस्था गम्भीर



भदौ ०२

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङ बेनिघाट रोराङ गापा -९ हुग्दी खोलामा यात्रु बस दुर्घटना २६ जना घाइते

 दाङबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको हो । दुर्घटनामा परी ५ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

घाइतेको उपचार मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा भइरहेको छ । प्रहरीका अनुसार घाइते सल्यान छत्रेश्वरी-३ का २४ वर्षीय राजेन्द्र पुन, उहाँका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बागचौर नगरपालिका-१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार