२०८१ साउन ६ गते सोमवार

गायक प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक



गायक प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक भएको छ । गीतमा प्रकाश सपूत लाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।

प्रकाश सपुतकै शब्द तथा संगीत रहेको गीतमा सुदिप सागरले संगीत संयोजन गरेका छन । गम्भीर विष्टले कोरियोग्राफी गरेको गीतको भिडियाेमा प्रकाश सपूत, अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मालगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

मनकृष्ण महर्जन र दिनेश पराजुलीले छायांकन गरेको भिडियो प्रविण भट्टले सम्पादन गरेका छन् । म्युजिक भिडियाेमा प्रकाश सपुतले नै निर्देशन रहेकाे छ ।

भिडियो सहित

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार