
रोल्पा, ५ श्रावन । रोल्पामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुनछहरी गाउँपालिका ३ का वडा सदस्य समेत रहेका सोही ठाँउको नौलीबाङ निवासी ४९ वर्षीय दिल बहादुर घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभएको छ ।
घरदेखी ३ किलो मिटर पश्चिम तिर रहेको आफ्नै भाइ खन बहादुर घर्तीको घरमा सुतिरहेको अवस्थामा गयराती साढे ९ बजेको समयमा एक्कासी चट्याङले हान्दा उहाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । आज शुक्रबार बिहान मात्रै घटनाबारे जानकारी पाएको र अहिले घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भुसालले बताउनुभएको छ
प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार