२०८१ चैत्र १ गते आइतवार

तुलसीपुर उपहानगरपालिका वडा नम्बर ३ मा रहेको जनता आधारभूत विद्यालयमा बालबालिकालाई शैक्षिक सामग्री सहयोग



तुलसीपुर,
तुलसीपुर उपहानगरपालिका वडा नम्बर ३ मा रहेको जनता आधारभूत विद्यालयमा बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको छ । विदेशमा बस्ने नेपालीबाट प्राप्त सहयोग वैदिक कृषि तथा पञ्चगव्य अनुसन्धान केन्द्र प्रालिको समन्वयमा बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको हो ।विद्यालयमा अध्यनरत कक्षा सातसम्मका १२० जना बालबालिकालाई शैक्षिक सहयोग वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर वलीको अध्यक्षता तथा वैदिक कृषि तथा पञ्चगव्य अनुसन्धान केन्द्र प्रालिका प्रवन्ध निर्देशक प्रेम बहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रवन्ध निर्देशक केसीले स्वस्थ जीवनशैलीलेमात्रै शिक्षा आर्जनमा सहजता आउने बताउनुभयो । उहाँले स्वस्थ जीवनशैलीका लागि दैनिक जीवनमा गर्नुपर्ने नित्य कर्मलाई निरन्तरता गर्न विद्यार्थी र अभिभावकलाई आग्रह गर्नुभयो ।
नेपालको सहयोग तथा वैदिक कृषि तथा पञ्चगव्य अनुसन्धान केन्द्र प्रालिको समन्वयमा बालबालिकालाई शैक्षिक सामग्रि सहयोग गरिएको हो ।
त्यस अवसरमा वडा सदस्य डिलामाया नेपाली र शान्ता रानाले शैक्षिक सामग्रि सहयोगले विद्यार्थीलाई हौसला थपेको उहाले बताउनु भयो
विद्यालयका प्रधानाध्यापक कमलराज थापाले विद्यार्थीले उजवल भबिस्यकाे कामना समेत गर्नु भएको थियो शिक्षक अभिभावक संघका अध्यक्ष मोहनलाल वलीले शैक्षिक सामग्री वितण गर्ने आयोजक संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा रहेको पनि बताउनुभयो । बाबा मुर्तीकला केन्द्र कपिलवस्तुका प्रवन्ध निर्देशक सुनिलकुमार तिवारीले सनातन हिन्दु सँस्कृति बालबालिकालाई बुझाउनुपर्ने बताउनुभयो । कार्यक्रमको सन्चालन शिक्षक दिपक रानाले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार