२०८० असोज १७ गते बुधवार

सुदूरपश्चिम प्रदेशका कानून मन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटना ५ जना घाइते



सुदूरपश्चिम प्रदेशका कानून मन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदास्यु गाउँपालिका– १ मा दुर्घटना भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । उक्त गाडी धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो ।गाडीमा सवार मन्त्री सिंहसहित उनकी श्रीमती अमृता सिंह, पीएसओ दिपक भण्डारी, चालक धर्मराज जोशी र जयदेवी सिंह घाइते भएका छन् ।
उनीहरुको उद्दार गरेर उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको भण्डारीले बताए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार