२०८२ बैशाख ७ गते सोमवार

तुलसीपुरमा जिप दुर्घटना हुदा चालकको मृत्यु, ८ जना घाइते



२०८० असार १ गते शुक्रवार
तुलसीपुर, १ असार । दाङको तुलसीपुर ३ सिरखोलामा जिप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको प्रहरीले जनाएको छ । तुलसीपुरबाट रोल्पाको लागी छुटेको रा १ ज ५५६ नम्बरको जिप आज बिहान १० बजेर २० मिनेटमा सिरखोला नजिकै सडकबाट झन्डै ६० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभएको छ ।

जिपमा जम्मा ९ जना सवार रहेकोमा चालक विष्णु पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ८ जना घाइते मध्य ४ जनालाई नेपालगञ्ज रिफर गरिएको र ४ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइते हुनेमा ४ महिला र ४ पुरुष रहेको र त्यसमा १ नाबालक र १ नाबालिका समेत रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप विवरण आउन बाकी रहेको छ ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार