२०८१ साउन ६ गते सोमवार

दाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा ५ जना पक्राउ



दाङ, जेठ २२/ दाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गढवा गाउँपालिका ६ निवासी दुई जना १६ वर्षीय नाबालक, सोहि ठाउका १८ वर्षीय दिलशान अहमद, गढवा गाउँपालिका ५ निवासी २० वर्षीय सुहेल खान र कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ११ मैतहवा घर भएका २० वर्षीय जाबेद भन्ने जाविद खान रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन कुमार गौतमले जानकारी दिनुभएको छ ।
उनीहरुले राप्ती गाउँपालिका ३ मसुरिया निवासी दुई नाबालिकालाई यही जेठ १४ गते राती मोटरसाइकलमा राखेर अन्यत्र लगेर बलात्कार गरेको पिडीतको उजुरीमा उल्लेख गरिएकोृ प्रहरीले जनाएको छ । पक्राउ परेका ५ जनालाई जिल्ला अदालत घोराहीबाट म्याद थप गरि अनुशन्धान भइरहेको प्रहरीको भनाई छ । उक्त घटनामा संलग्न दुई जना फरार रहेको र उनीहरुको खोजि कार्य भई रहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार