२०८२ बैशाख ५ गते शनिवार

सिटिइभिटीको गाडी सुनकोशीमा खस्यो: ३ बेपत्ता, १ जनाको उद्धार



प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को गाडी सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता भएका छन् भने,एक जनाको उद्धार गरिएको छ।सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्बर ७ लौकुनबाट बा १ झ ७४६७ नम्बरको गाडी शुक्रबार बिहान
सडकबाट करिब १ सय ५० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ।
गाडीमा सवार ४ जना मध्य चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी घाइते छन्।बेपत्ताहरूको खोजीका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।

प्रकाशित मिति : २०८० जेष्ठ १९ गते शुक्रवार