११ जेठ,दाङ/सागर क्षेत्री / पञ्चदेवल विनायक नगरपालिका भवानी देवी माध्यमिक विद्यालयको बालमैत्री धारा निर्माण कार्य भइरहेको बेला गिट्टी लैजाने क्रममा शिक्षक अभिभावक संघको अध्यक्ष विनोद रावलले मदिरा सेवन गरेर शिक्षक,विद्यार्थीहरुलाई गाली गौलच गर्दा, बिद्यालयको अवस्था अस्त व्यस्त भएको छ।निजको विनोद रावललाई गल्ती स्वीकार गरी विद्यालयलाई आगाडी लैजान सहमति हुँदा पनि वास्तविक कुरा नबुझी विद्यालय प्रशासन ,प्र.अ,अन्य शिक्षकहरूलाई सामजिक सञ्जाल फेसबुकमा नानाथरी स्टाट्स,कमेन्ट,पोस्ट प्रति बिद्यालयको ध्यानाकर्षण छ।
विद्यालयलाई सञ्चालन र सहयोगको सट्टा वातावरण धमिल्याउने जो कोहीलाई नेपाल ऐन कानूनको अनुसार साइबर क्राइमको अपराध बमोजिम कारवाही गर्न विद्यालय प्रशासन अगाडि बढ्ने कुरा स्वत जानकारी गरिएको छ।हिजो देखि बन्द भएको विद्यालय राजनीतिक पृष्ठीले गर्दा विद्रोह मच्चिएको थियो। भने विद्यार्थी बालबालिका समेत परिचालन रहेको थिए बालबालिका हरुलाई विद्यालयले परिचालन नगरेको व्यहोरा समेत प्रेस विज्ञप्तिमा उल्लेखित छ।








