२०८० चैत्र १५ गते बिहिवार

त्रिवेणीमा वालश्रम निवारण सम्बन्धि प्रशिक्षण गोष्ठी सम्पन्न



अमृत वली
रोल्पा
२०८०जेठ ०९
त्रिवेणी गाउँपालिका रोल्पामा वालश्रम निवारण सम्बन्धि स्थानीय तहको भूमिका विषयक प्रशिक्षण गोष्ठी सम्पन्न भएको छ।
त्रिवेणी गाउँपालिकाको आयोजना र स्वतन्त्रता अभियान नेपाल (SAN) को आर्थिक तथा प्राविधिक सहयोग र हुरेक नेपाल रोल्पाको समन्वयमा प्रशिक्षण गोष्ठी भएको हो ।
स्वतन्त्रता अभियान नेपालले यो कार्यक्रम नेपालका ३ वटा प्रदेशमा सञ्चालन गरिरहेको छ ।
तीन प्रदेश मध्येको एक प्रदेश लुम्बिनी प्रदेश हो । लुम्बिनी प्रदेशका ७ वडा गाउँपालिका, रोल्पा जिल्लाका त्रिवेणीमा र सुनिलस्मृति गाउँपालिकामा यो कार्यक्रम सञ्चालन भईरहेको छ ।
बालविवाह, बालश्रम, बाल दुर्व्यवहार सम्बन्धी समुदायमा जानकारी गराउने ,किराना तथा मंदिरा पसलमा १८ वर्ष मुनीका बालवालिकालाई धुम्रपान मध्यपान सुर्तिजन्य वस्तु विक्रि वितरण गर्न नदिने, लगाउने , बालमैत्री स्थानीय शासन समिति मार्फत पटक पटक संयुक्त अनुगमन गर्ने साथै लागु पदार्थ दुव्र्यसनी सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने ,घरेलु तथा समुदायबाट हुने बालहिंसा, बेचविखन शोषण दुर्व्यवहार आदिलाई निरुत्साहीत गर्ने, विभिन्न संमयन्त्रहरु परिचालन गर्ने ,बालवालिकालाई विद्यालय भर्ना गर्ने टिकाई राख्न अतिरिक्त क्रियाकलाप गर्ने,टोल विकास संस्था, युवा कर, किशोरी समूह, महिला संजाल सरोकारवालाहरु सँग समन्वय र सहकार्य गरी बालसंरक्षणका सूचकको दिगोपना दिने जस्ता कार्यका सुचकहरु पूरा भैईसकेछि पालिकालाई दिगोपना पालिका घोषणा गर्न सकिने स्वतन्त्रता अभियान कार्यक्रम अधिकृत सामना बरालले बताउनुभयो ।
त्रिवेणी गाउँपालिकालाई बालश्रममुक्त पालिका घोषणा गरिसकिएको छ , अब पालिकालाई दिगोपना पालिका घोषणा गर्न आवश्यक पर्ने सुचकहरुलाइ पूरा गर्न गाउँपालिका र पालिकामा रहेका सम्बन्धित निकायहरु सक्रियरुपमा लागेर छिट्टै नै दिगोपना पालिका घोषणा गर्ने त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले बताउनुभयो ।
प्रशिक्षण गोष्ठीमा त्रिवेणी गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष ,वडा अध्यक्ष ,गाउँकार्यपालिकाका सदस्य,गाउँपालिकाका शाखा प्रमुख , हुरेक नेपालका राजु आचार्य , हुरेक नेपालका धरेन्द्र डागि , सुवास चन्द , विभिन्न संघ संस्थाका प्रतिनिधि , पत्रकार , लगाएतको उपस्थित रहेको थियोे ।

प्रकाशित मिति : २०८० जेष्ठ ९ गते मङ्गलवार