२०८१ चैत्र १ गते आइतवार

बर्दिया प्रहरीले यातायात सेवा अवरोध गर्न खोज्ने दुई जनालाई पक्राउ



बर्दिया प्रहरीले यातायात सेवा अवरोध गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार लघुवित्त ज्यादतीविरुद्ध संघर्ष समिति बर्दियाले जिल्लामा यातायात बन्द भनि आह्वान गरेकोमा हालसम्म यातायात सेवालगायत अन्य विभिन्न सेवाहरुमा सूचारु रहेको साथै यातायात सेवामा अवरोध गर्न खोज्ने गुलरिया नगरपालिका– ५ बस्ने ३४ वर्षीय रंजित शाह र गुलरिया नगरपालिका– ८ बस्ने ३५ वर्षीय राजेश कुर्मीलाई गुलरिया बसपार्कबाट पक्राउ गरिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार