
बैशाख २९
टेली फिल्म ‘भाविको लेखान्त’ चाँडै आउँदै छ। समाजको यथार्थ घटनालाई जस्ताको त्यस्तै उतारिएको पारिवारिक सामाजिक सिरियल ‘भाविको लेखान्त’ चाडै आउने भएको हो।
कबिरद्वारा लेखिएको उक्त सिरियलको निर्देशन सुरेन्द्र थापा र रमेश बुढा मगरले गरेका छन् । यस टेली फिल्ममा तारा केसी, रमेश अधिकारी, रमेश भट्ट, गिता थापा, लेखान्त भुसाल, आकृति न्यौपाने, रमेश बुढा मगर, लक्षमन, चौलागाई, प्रबिन पुरी, सबिन घिमिरे, यसु भटट्राई र सुरेन्द्र थपालगायतका कलाकारहरुले अभिनय गरेका छन्।
क्यामरामा घनश्याम पोख्रेल, मेकअफमा पबित्रा भट्टराई र ब्यवस्थापनमा प्रबिन पुरी रहेका छन्। उक्त टेली फिल्म ‘भाविको लेखान्त’ लेखान्त अफिसियल युटुव च्यालनमा हेर्न सकिन्छ ।
प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार