
तुलसीपुरमा
अटो दुर्घटना हुदा तीनजना घाइते भएका छन । घाइते हुनेमा अटो चालक तुलसीपुर ७ राजापुर बस्ने ४५ वर्षीय दिप कुमार पुन, अटोमा सवार तुलसीपुर ३ राणागाउँ बस्ने २४ वर्षीय दिपा बुढा र उहाको २ वर्षीय छोरा अविसेक बुढा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
तुलसीपुरबाट गणेश पार्क तर्फ जादै गरेको रा १ ह ५१६९ नम्बरको अटो तुलसीपुर ७ स्थित अनियन्त्रीत भएर पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते तिनैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र अटोलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको
प्रकाशित मिति : २०८० बैशाख २१ गते बिहिवार