२०८० चैत्र १५ गते बिहिवार

दाङको तुलसीपुरबाट रोल्पा जादैको गाडी दुर्घटना, १ विद्यार्थीको मृत्यु



बैशाख १७, रोल्पा/ रोल्पाको गंगादेवमा गाडी दुर्घटना हुँदा १ जना विद्यार्थीको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका ६ राँक ताप्लाका लागि हिडेको लु १ ज ४७५५ नम्बरको डबल क्याप गाडी आइतबार अप्राह्न गंगादेवको ओइलाम नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परि स्थानीय १५ वर्षका स्कुल ड्रेसमा रहेका विद्यार्थी तिलक वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारू मगरले बताए ।

उनकाअनुसार दुर्घटनामा परेर ८ जना घाइते छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनिहरुलाइ उद्दार गरि प्रहरीले उपचारका लागि दाङ तुलसीपुरतर्फ पठाएको छ ।

गाडीमा ९ जना सवार रहेको बुझिएको छ । गाडी सडकबाट निकै तल खसेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको डिएसपी मगरले बताए ।

प्रकाशित मिति : २०८० बैशाख १७ गते आइतवार