२०८२ बैशाख ७ गते सोमवार

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ रानागाउँ काे जेष्ठ नागरिकको भवन अलपत्र लाखौं खर्च



बैशाख ९
तुलसीपुर उपमहानगरपालिकाको लाखौँ रुपैयाँ बर्बाद भयाे जस्तै काममा खर्च भएको जस्तो हुन् गएको छ तुलसीपुर उपमहानगरपालिका को वडा नम्बर ३ रानागाउँ स्थित जेष्ठ नागरिक भवन निर्माण कार्य अधुरो हुँदा यस्तो हुन् गएको हो | २०७७ साल माघ २९ गते उपभोक्ता समिति र तुलसीपुर उपमहानगरको योजना शाखा बीच भवन
निर्माण गर्न सम्झौता भएर उपभोक्ता हरुको तर्फ बाट ४ लाख ५९ हजार ४१३ रुपैयाँ ५ पैसा र तुलसीपुर उपमहानगरको १० लाख ७१ हजार ९६३ रुपैयाँ ७८,जम्मा लागत रु १५ लाख ३१ हजार ३७६ रुपैयाँ ८३ पैसा खर्चेर तुलसीपुर ३ रानागाउँ सिरानमा बनाएको जेष्ठ नागरिकको भवन हाल अलपत्र अवश्थामा पुगेको हो | तुलसीपुर ३ रानागाउँ निवासी थम्मन पाण्डे ले झन्डै ४ गट्ठा जग्गा जेष्ठ नागरिक भवन बनाउन जग्गा दान् दिएको ठाउँमा उक्त भवन बनाइएको हो २०७७ सालमा निर्माण थालेर २०७८ अहिले सम्म नझयाल नढोका अलपत्र अवस्थामा छ लाखौं पैसा खर्च गरियाे तर उपलब्धि सुन्य

प्रकाशित मिति : २०८० बैशाख ९ गते शनिवार