२०८१ बैशाख १ गते शनिवार

थर्ड आई नेपाल गैर नाफामुलक संस्थाले तुल्सिपुर आज रक्तदान



वैशाख ८ , २०७८
तुलसीपुर
” रक्तदान नै जीवनदान हो ” भन्ने मूल नारा लाई मध्यनजर राखी तुलसीपुरमा रहेको थर्ड आई नेपाल गैर नाफामुलक संस्था द्वारा आज तुलसीपुर रेडक्रस ब्लड बैंकमा रक्तदान कार्यक्रम गरिएको छ । कुल ३० पिन्ट रक्तदान भएको भनी संस्थाका अध्यक्ष बसन्त गिरीले बताएका छन्। रक्तदाता हरु मध्य १७,औं पटक रक्तदान गर्ने सन्तोष भण्डारी पनि रहेका छन् भने कैयौँ रक्तदाता हरु प्रथम पटक रक्तदान गरेको अनुभव बताएका छन् भनी संस्थाका महा सचिव सन्तोष लामिछानेले बताएका छन्। रक्तदान गर्ने पत्रकार , खेलाडी , राजनैनिक कर्मी , ब्यापारी , विद्यार्थी शिक्षक लगाएत विभिन्न क्षेत्रका रहेका छन् । यस संस्थाको प्रथम कार्यक्रम आज सम्पन्न भएको र अब आउने समयमा  देशव्यापी रुपमा नियमित रक्तदान हुने जानकारी पनि संस्थाका कोषाध्यक्ष रेशम नेपालीले बताएका छन्।

प्रकाशित मिति : २०८० बैशाख ८ गते शुक्रवार