२०८१ बैशाख १९ गते बुधवार

माथिल्लो स्तरबाट आउने दबाबका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको छ: ट्राफिक प्रमुख  तिर्थराज भुसाल



चेतन वली ।

तुलसीपुर, ८ चैत । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तिर्थराज भुषालले माथिल्लो स्तरबाट आउने दबाबका कारण ट्राफिक व्यवस्थापनमा चुनौती भएको बताउनुभएको छ । दाङको तुलसीपुरमा सञ्चालन भइरहेको ५ दिने सडक सुरक्षा (पाइलट प्रोजेक्ट) कार्यक्रम अन्र्तगत आज दोस्रो दिनको कार्यक्रमलाई सम्बोेधन गदै उहाले यस्तो बताउनुभएको हो ।  ट्राफिक प्रमुख भुषालले कसैको पनी दबाबमा नरहेर काम गर्ने वातावरण हुने हो भने तुलसीपुरको ट्राफिक व्यस्थापनमा त्यती धेरै चुनौती नरहेको बताउनुभएको छ  तुलसिपुरकाे ट्राफिक ब्यबस्थापन चुनौती लाई सम्पुर्ण सराेकारवालाहरुले दवान नदिई सहकार्य गर्ने हाे भने सजिलोसँग ट्राफिक ब्यबस्थापन गर्न सकिने बिषयमा स्पस्ट पार्नुभएकाे थियाे
हिजो मात्रै एउटा मोटरसाइलले मान्छेलाई ठक्कर दिएको रहिछ, चालकले मादक पदार्थ सेवन गरेको थियो, मोटरसाइकल नियन्त्रणमा लिएका छु, तर, मोटरसाइकल छोटदिनु पर्याे भनेर मलाई नेताको फोन म्यासेज आइरहेको छ उहाले भन्नुभयो । यो खालको दबाबले गर्दा ट्राफिक व्यवस्थापनमा धेरै समस्या हुने गरेको उहाको भनाई छ । ट्राफिक प्रमुख भुषालले ट्राफिक नियम गर्ने मान्छेलाई पक्राउ गर्यो भने प्रहरीलाई सोर्स लगाएर छुटाउनुहुन्छ तर, यही कारणले सवारी दुर्घटनामा परेर मृत्यु नै हुने अवस्था आयो भने कसलाई फोन गरेर बचाउनुहुन्छ भनेर प्रश्न समेत गर्नुभएको थियो । सो अवसरमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका ट्राफिक सहायक निरीक्षक (असई) डिल्ली डाँगीले सबैले ट्राफिक नियमको पालना गर्ने हो भने सवारी दुर्घटना न्युनिकरण गर्न सकिने बताउनुभएको छ । साथै उहाले ट्राफिक नियम सम्बन्धी विभीन्न कुराहरुमा जानकारी समेत गराउनुभएको थियो । यसैबिच स्थानिय सरकार अन्र्तगत तुलसीपुर उपमहानगरपालिकाले तयार पार्दै गरेको नया पाठ्यक्रममा समेत सडक सुरक्षा सम्बन्धी सामाग्रीलाई समावेस गर्ने तयारी भइरहेको नगर प्रमुख टिकाराम खड्काले बताउनुभएको छ । विद्यालयमा पढ्ने बालबालिका बाटै सवारी दुर्घटना न्युनीकरण सम्बन्धी जानकारी गराउदै जाने हो भने सडक दुर्घटना कम हुन सक्ने भन्दै पाठ्यक्रममै ट्राफिक नियम सम्बन्धी कुराहरु समावेस गर्ने निर्णय गरीएको उहाको भनाई छ । कार्यक्रममा केन्द्रबाट कन्सलटेन्ट दार्मा टोलोजिष्ट डा. प्रशन्न नाथी, जनस्वास्थ्य अधिकृत महेन्द्र गिरी, क्षयरोग, कुष्टरोग अधिकृत तारा शर्मा ज्ञवाली, पदम कन्या क्याम्पसका उपप्रध्यापक भगवती सेडाई र तत्थाङ्क अधिकृत सागर सुवेदी सहितको टोली प्रशिक्षकको रुपमा रहेको छ । आगामी ११ गते सम्म सञ्चालन हुने स्थानिय तह सडक सुरक्षा कार्यक्रममा तुलसीुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकाश शाखा प्रमुख माया श्रेष्ठ, रेडियो प्रकृतीका स्टेशन म्यानेजर ओपेन्द्र वस्नेत, पत्रकार चेतन वली, सामुदायीक तथा संस्थागत बिद्यालयका प्रिन्सीपलहरु लगायत विभीन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले ट्राफिक व्यवस्थान र सवारी दुर्घटना न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने कुरामा विशेष जोड दिएका थिए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य अधिकृत महेन्द्र गिरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार