
रंगहरूको पर्व होली आज तराईका जिल्लामाहरूमा मनाइँदै छ । पहाडमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा पनि सोमबार बिदा थियो ।
होलीको नाम पनि फरक-फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई-मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ ।
प्रकाशित मिति : २०७९ फाल्गुन २३ गते मङ्गलवार