तुलसीपुर,२३ फागुन
तुलसीपुर उपमहानगरपालिकाले असोजदेखि कात्तिकसम्म ३१ लाख बढि इन्धनमा खर्च भएको कुरा स्वीकार गरेको छ । आईतबार नगर प्रबक्ता माधव वलीले आम रुपमा ध्यानाकर्षण जनाउँदो असोजदेखि कात्तिक महिनाको अवधीमा आएको बाढी,पहिरो,डुबानका क्रममा र बिभिन्न २६ वटा सडकहरु कालोपत्रे गर्नुपरेकाले सोही बराबरको इन्धन प्रयोग भएको स्वीकार गरे ।
केही दिन अघि सार्वजनिक समाचारमा इन्धनमा ३१ लाख ९७ हजार ३ सय ३२ रुपैँया एक महिनामै खर्च भएको कुरा उल्लेख थियो । उपमहानगरपालिकाकै लेखा समितिले यो कुरालाई पुष्टि गरेर नगरप्रमुखलाई सुधार गर्नकालागि पठाईसकेको छ ।
उपमहानगरपालिकाले चालु बर्षको माघसम्म मात्रै १ करोड ५६ लाख २९ हजार २ सय ७१ रुपैँयाको इन्धनको विल भुक्तानी गरेको लेखा समितिको प्रतिवेदनमा उल्लेख छ । साथै सोही अबधीमा खपत भएको ४० लाख बराबरको इन्धनको भुक्तानी समेत हुन सकेको छैन । साथै योजना किताब भन्दा बाहिरको काममा हेभि गाडीहरु प्रयोग नगर्न समेत लेखा समितिले सुझाब दिएको उपमहानगरपालिका स्रोतले बताएको छ ।
लेखा समितिको यो प्रतिवेदनका आधारमा तयार पारिएको समाचारलाई प्रबक्ता वलीले भ्रामकको संज्ञा दिएका छन् ।
प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार