२०८० जेष्ठ १९ गते शुक्रवार

तुलसीपुर ३ दमारगाउँको गुम्बा नजिकै खुकुरी प्रहारबाट एक युवक घाइते



तुलसीपुर,२१ फागुन ।
दाङको तुलसीपुर ३ दमारगाउँको गुम्बा नजिकै खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–३ निवासी १८ वर्षका दिपेश कौसल रहेका छन् । घाइते को राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको आमा दिलमाया नेपालीले जानकारी दिनुभयो ।
बेलुकी पाँच बजे तुलसीपुर –९ चुलेसी निवासी २१ वर्षका नवराज भुसाल र सोही ठाउँका गोविन्द भन्ने २ जनाले सडकमा हिडिरहेका कौसललाई टाउकोमा खुकुरी प्रहार गरेर भागेको पिडित परिवारले जानकारी दिएको छ । यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको र खोजी कार्य जारी रहेको बताउनुभएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार