२०८० चैत्र १६ गते शुक्रवार

महाभिडन्तः अनमोलको क्रेज भर्सेस दीपकराजको ब्रान्ड



फागुन १८ आजबाट देशभर चलचित्र छड्के- २ र छक्का पञ्जा–४ प्रदर्शनमा आएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा र अनमोल केसी अभिनित छडके–२ आजबाट प्रदर्शनमा आएका हुन् । यी दुवै सिक्वेल मुभी हुन् ।

हेमराज बिसीद्वारा निर्देशित छक्का पञ्जा–४ मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, बेनिशा हमाल, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ ।

त्यस्तै प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निमार्णमा रहेका छडके–२ लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । निर्भान फिल्म स्कुलको छडके–२ को मुख्य कलाकारमा अनमोल केसी छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते शुक्रवार