२०८१ बैशाख ७ गते शुक्रवार

सेतो रक्त कोशिको कमिले अनिताको निधन



तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ निवासी अनिता भुसालको मृत्यु भएको छ । २१ वर्षीया भुसालको उपचारको क्रममा गएराती १२ बजे लखनउमा मृत्यु भएको हो । सेतो रक्त कोषको कमीले मुटुमा असर गरेपछि उनलाई काठमाडौं हुँदै उपचारको लागि पछिल्लो पटक लखनउ लगिएको थियो ।
रेडियो सञ्जीवनिमा प्राविधिक रुपमा काम समेत गरेकि उनि नेपाल प्रेस युनियन दाङको सदस्य समेत थिइन् । स्वर्गीय भुसालको कालाखोला घाटमा अन्त्यष्टि गरिएको छ । उनका श्रीमान् प्रकाश पौडेल बबई गाउँपालिकाका वडा नम्बर ५ मा सवइन्जिनियरका रुपमा कार्यरत छन । उनका एक छोरा छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन १६ गते मङ्गलवार