२०८० मङ्सिर २४ गते आइतवार

हात्तीपाईले राेग (फाईलेरिया) विरुद्धको औषधि सेवन गराै :जिबन खडका 



फागुन ९
हातीपाइले रोग बारेमा  हात्तीपाईले रोगबाट बच्न रहातीपाइले रोग विरुद्धको औषधि कस कसले सेवन गर्नु हुँदैन ,हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्दा ध्यान  दिनुपर्ने कुराहरु


रानागाउ नगर स्वास्थ्य केन्द्रका इन्चार्ज जिबन खडका  प्रकाशित पार्नुभएको थियो साे अबसरमा यस कसरि प्रयाेग गर्ने  भन्ने बिषयमा सिकाउनु  भएको थियाे र   सम्पूर्ण वडाबासिहरुले ढुक्क अाैषधि खान अनुरोध गर्नु भएको थियोे  र तुल्सिपुर ३ वडा अध्यक्ष बिर बहादुर बिकले सरकाले अरबाै खर्च गरेकाे छ यस कसैले पनि नछुटाई खादिनु हुन सबै वडा बासिहरुलाई अनुराेध गर्नु  समेत गर्नु भएकाे छ   मानिसलाई नराम्रो गरी शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीका कारणले लाग्छ। 
संक्रमित पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। मानिसको  शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन्। लक्षण देखिइसकेपछि भने रोग निको पार्न सकिँदैन।
हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि रोगको  जोखिम भएका सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम संचालन हुँदै आएको छ। 
नेपाल सरकारले रोग प्रभावित जिल्लाहरुमा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रममा सहभागी भइ वर्षको एक पटक लगातार ६ वर्षसम्म हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गर्ने र अरुलाई पनि गर्न लगाउने।
हात्तीपाइले रोगबाट बच्न कस्तो औषधि सेवन गर्ने र यसले के गर्छ?
हात्तीपाईले रोगबाट बच्न दुई थरि औषधिहरु प्रयोग गरिन्छ। जुन पूर्णरुपमा सुरक्षित मानिन्छ। यी औषधि  दसौं बर्षदेखि विश्वभरी प्रयोग हुँदै आइरहेका छन्। हालसम्म विश्वभर अरबौं मात्रामा  र नेपालमा पटकपटक गरी १० करोडभन्दा बढी मात्रामा यी औषधि खाइसकिएको छ। दुई थरि औषधिले हातीपाइले रोग लागिसकेकाहरुको उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउँछ। 
हातीपाइले रोग विरुद्धको औषधि कस कसले सेवन गर्नु हुँदैन ?
दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु ,गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु (कुनै कडा रोग लागि औषधि  सेवन गरिरहेकाहरु, जस्तै क्यान्सर, मुटु रोगी, कलेजो रोगी, फोक्सोको दीर्घ  रोगी), छारे रोगीहरु, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्नु हुँदैन। 
हात्तीपाइले रोग विरुद्धको औषधि क–कसले सेवन गर्नु पर्छ?

हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्दा ध्यान  दिनुपर्ने केही कुराहरु छन् की?
यो औषधि खाली पेटमा खानुहुँदैन। शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिहरुको हातीपाइले रोग  विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको  टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ। यदि त्यसो भएमा औषधिले प्रभावकारी  काम गर्दैछ भन्ने बुझ्नु पर्छ। ती लक्षणहरु केही घण्टाभित्रमा आफैं हराएर जाने हुन्छ। केहीगरी ती लक्षणहरु लामो समयसम्म रहिरहेमा नजिकको  स्वास्थ्य रानागाऊ नगर  स्वास्थ्य केन्द्र  आवश्यक सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्छ।

सबैले हात्तीपाईले रोग (फाईलेरिया) विरुद्धको औषधि सेवन गरौ !
अशक्त, अपाङ्ग र कुरूप गराउने दीर्घ रोगबाट आफु पनि बचौ अरुलाई पनि बचाऔ !!

तुल्सिपुर उपमहानगरपालिका वडा ३ बडा अध्यक्ष : बिर बहादुर बि,क
तथा
रानागाउ नगर स्वास्थ्य केन्द्रका इन्चार्ज जिबन खडका
यहि ११ देखि सबैले हात्तीपाईले रोग (फाईलेरिया) विरुद्धको औषधि सेवन गरौ ! 
तुल्सिपुर ३ उपमहानगरपालिका वडा ३ दाङ

प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते मङ्गलवार