२०८१ चैत्र १ गते आइतवार

बैतडीमा जिप दुर्घटना



बैतडी –बैतडीमा जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्ग अन्तर्गत दशरथचन्द नगरपालिका २ घुसुल्ला मोड नजिकै से १ ज ९२७ नम्बरको जिप आइतबार बिहान पौने ११ बजेतिर दुर्घटनामा परेको हो । गोकुलेश्वरबाट बैतडी सदरमुकामका लागि छुटेको जिपमा चालकसहित ९ जना सवार रहेका थिए । 

दुर्घटनामा परेर ३ जना समान्य घाइते भएका छन् । घाइतेहरुलाई जिल्ला अस्पताल लगिएको छ ।घाइतेको परिचय खुलेको छैन् । अनियन्त्रित भएर जिप दुर्घटनामा परेको अनुमान गरिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार