
ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ।
उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार १०:५७ मा भण्डारीको मृत्यु भएको हो । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए ।सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।
प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते बिहिवार