२०८० असोज ९ गते मङ्गलवार

त्रिवेणी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु



माघ १५,

अमृत वली_
रोल्पा — रोल्पाको जुगारमा त्रिवेणी गाउँपालिकास्तरीय पाँचौ अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । त्रिवेणी गाउँपालिकाको आयोजनामा सुरु भएको पालिकास्तरीय पाँचौ अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाट आइतबार कार्यक्रमका प्रमुख अथिति तथा प्रतिनिधिसभा सदस्य माननीय इस्वरी जिएमले गर्नुभएको हो ।

प्रतियोगितामा पालिकाका १२ वटा सामुदायिक विद्यालय सहभागी रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रकाश पुनले जानकारी दिनुभयो। उहाका अनुसार, प्रतियोगिता १५,१६ र १७ गतेसम्म त्रिवेणी गाउँपालिकास्थित श्री जनजागृती माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछन् ।
प्रतियोगितामा एथ्लेटिक, कबड्डी र भलिबललगायतका खेल हुने उहाले जानकारी दिनुभयो । प्रतियोगितामा विजयी हुनेले ट्रफी र प्रमाणपत्र पाउने निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रकाश पुनले बताउनुभयो।

प्रतियोगिताको उद्घाटन गर्दै सांसद माननीय ईस्वरी जिएमले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वास्थ्य बनाउन पनि मद्दत गर्ने भएकाले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्त्व भएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्णबहादुर बाठा मगरले खेलकुदले विद्यार्थी जीवनमा ऊर्जा थप्ने काम गर्ने बताउनुभयो। विद्यार्थीले शैक्षिक स्तरलाई सुधार गर्दै खेलकुदका विभिन्न क्षेत्रमा पनि सहभागी हुनका लागि गाउँ पालिकाका अध्यक्ष मगरले आग्रह गर्नुभएको छ ।।

त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाठा मगरको सभाअध्क्षतामा सुरु भएकोको कार्यक्रममा प्रमुख अथिति प्रतिनिधिसभा सदस्य माननीय ईस्वरी जिएम ,विशिष्ट अथिति लुम्बिनी प्रदेशसभा सदस्य माननीय दिपेन्द्र पुन , कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुन,माडी गाउँपालिका अध्यक्ष अमर सिंह घर्ती ,रुन्टिगढि गाउँपालिका अध्यक्ष जनक पुन लगाएत सम्पूर्ण वडाका वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,वडा सदस्य , राजनीति दल विभिन्न संघसंस्था, विद्यालय शिक्षक, विद्यार्थीहरुको आथित्यता रहेको थियोे ।

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतवार