२०८१ माघ २४ गते शुक्रवार

तुलसीपुरका उद्यमी व्यवसायि मारमा उद्योग बाणिज्य र चेम्बर अफ कमर्स निरहि



माघ १२ दाङ तुल्सिपुर
तुलसीपुरका उद्यमी व्यवसायि मारमा उद्योग बाणिज्य चेम्बर अफ कमर्स निरहि

आज बिहान तुलसीपुर आउदै गर्दा तुलसीपुर बसपार्कमा बनिरहेका सटरको विषयमा बुज्न प्रयास गर्दा , प्रारम्भिक सोधपुछ बाट त्यहा करोडौ रुपैयाको नितिगत भ्रस्टाचार भयको पाईएको छ। सिधै उधमि र व्यावसायिलाइ खाय खा न खाय घिच भने सरि सटर बुक गर्दा २ लाख रुपैया डिपाेजि गर्नुपर्ने र साना तेस्ता सटरको मासिक भाडापनि अबैज्ञानिक तरिकाले १५ हजार र १६ हजार कायम गरियको छ । तुलसीपुरको फुटपाथ ब्यबसाय समस्या समाधानका निम्ति बनाइयको परियोजना , नगरपालिकाले सिमित ठेकदारका हातमा सुम्पी दिएको छ ।
हरेक व्यवसायीहरु मारमा परि उधमि र ब्यबसाहिहरु ठेकदारले भनेअनुरुप गर्न बाध्य भयका छ्न । बिचमा दलालहरु घुस्दा बनिरहेको खाली सटर अहिले ३ लाख , ४ लाखमा बिक्रि बितरन भैरहेको छ । स्थानीय सरकार , हरेको व्यापारीको साझा संस्था उद्योग वाणिज्य संघ बेखबर छ !, अब प्रश्न यहा उठ्छ , गरिबको नाममा सिमित ठेकदारलाइ पोस्न बनाइयको परियोजनामा स्थानीय सरकारको पसल किनबेच र भाडा दरमा केहि भुमिका राख्ला कि नाइ ?
ब्यबसायि हकहितको लागि लड्ने लड्ने संस्था उधोग बाणिज्य सङ, चेवर अफ चेम्बर अफ कमर्स ले उधमि र ब्यबसायिहरुको मजबुरता बुझि बैज्ञानिक भाडा दर र पसलको किन बेच उक्त सस्था र नगरको रोहबरमा मात्र हुनुपर्छ भनेर बोल्नु पर्छ कि नाइ ?
सटर लिनै पर्छ भनेर कसैले कर त गरेको छैन तर सटर लिनु पर्दा 2 लाख डिपाेजिट ठेकदारलाइ मैले किन गर्ने? अनि दलालहरुले सटर अगाडि नै रिसिभ मा राखि ३/४ लाख मा बिक्रि गर्दा मैले खाली सटर तेत्रो मुल्यमा किनेर कसरि त्यो पैसा ब्यबसायबाट गर्ने? यदि स्थानीय सरकार र उद्योग वाणिज्य संघ बोल्दैन भने तुलसीपुरमा उधमि र ब्यबसायि लाई पनि मार्न पाइदैन सर्वसाधारणको प्रश्न? लुट काम मात्र भैईरहेका छन यसलाशई चाडैं बन्द गर्नु पर्छ प्रेमप्रसाद जस्तो नहाेला भन्न सकिदैन ।

प्रकाशित मिति : २०७९ माघ १४ गते शनिवार