पुस २४
जिल्लाको दुप्चेश्वर गा.पा.-४ सानुगोल्फु स्थित सुईनचेल खोलामा गोरु काटेर मासु भाग लगाइरहेको अवस्थामा शुक्रबार राति ११ बजे पाँच जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनीहरूको साथबाट अन्दाजी ८० केजी मासु समेत बरामद भएको प्रहरी जनाएको छ । पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको प्रहरी चौकी समुन्द्रटारले बतायो ।
पक्राउ परेका व्यक्तिहरू मुलुकी अपराध संहिताको परिच्छेद २७ अनुसार कारबाही गरिने भएको छ ।
मुलुकी अपराध संहिता २०७४ ले गाई, गोरु मार्न वा कुट्न नहुने त्यसो गरेमा अपराध गरेको ठहर गर्दै सजाय समेत तोकेको छ । संहिताको परिच्छेद २७ मा रहेको पशुपक्षी सम्वन्धि कसूरको दफा २८९ मा कसैले गाई वा गोरु मारेमा तीन वर्षसम्म कैद र कुटेर अङ्गभङ्ग पारेमा छ महिनासम्म कैद हुने व्यवस्था छ ।
प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार