
तुलसीपुर,२१ पुस ।
दाङको तुलसीपुर स्थित एक स्वास्थ्यकर्मीले जन्दमदिनको अवसरमा स्वास्थ्य जाँच गरेका छन् । सिद्ध ग्लोबल मेडिकल हल एण्ड प्याथोलोजी हलका सञ्चालक रमेश केसीले स्वास्थ्य जाँच गरेका छन् । ५० बर्ष माथिका नागरिकको निःशुल्क मधुमेह,रक्तचापलगायतका जाँच गरेका हुन् ।

जन्मदिनमा अनाबश्यक फजुल खर्च गर्नु भन्दा सामाजिक कार्य गर्नुपर्ने भन्दै आफूले यो कार्य गरेको उनले बताए । उनले सबैले जन्मदिनमा यसरी नै सिर्जनात्मक कार्य गर्नुपर्ने बताए आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने समेत उनको भनाई छ र कृति बहादुर खड्का ,बसन्त खडका कृष्ण खडका धुर्ब गाैतम तारा पाेखरेल,जगत बुढाथोकी ,गिता नेपाली,अनन्त गिरि,भुबन गिरि ६० जनाको स्वास्थ्य जाँच गरिएको थियो ।

प्रकाशित मिति : २०७९ पुष २१ गते बिहिवार